सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो कर्मचारी, १५ दिन भित्र आवेदन दिन सकिने



बैंकिङ्ग समाचार, काठमाडौं ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कम्पनीले एक सूचना प्रकाशित गरी विभिन्न तीन पदमा सातै प्रदेशबाट कर्मचारी माग गरेको छ ।

कम्पनीले ट्रेनी डेभलपमेन्ट अफिसर, जुनिएर अफिसर र असिस्टेन्ट पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले १५ दिन भित्र कम्पनीको वेबसाईट र इमेल मार्फत आवेदन दिन सकिन्छ ।