नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ५५ करोड


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.३९ अंकले बढेर बन्द भएको हो। यससँगै बजार २६ सय ३८ दशमलव ९५ को बिन्दुमा बन्द भएको छ। त्यस्तै, नेप्से दोहोरो अंकले बढेसँगै ५ अर्ब ५५ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी, १ करोड ४६ लाख ७० हजार कित्ता शेयर किनबेच भएको छ।

आज ३५० कम्पनी कारोबारमा आउँदा १६५ कम्पनीको शेयर मूल्य बढेको छ। त्यस्तै, १११ कम्पनीको शेयर मूल्य घटेको भने ३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी सोल्टी होटलको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३२ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकको ३० करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी सोल्टी होटलका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.०५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, माउन्टेन हाइड्रोका लगानीकर्ताले ३.४२ प्रतिशतका दरले कमाएका छन्। त्यसैगरी, आज सबैभन्दा बढी गुमाउनेमा मानुषी लघुवित्तका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन्।