काठमाडौं – काठमाडौं जिल्ला प्रहरी परिसरमा कात्तिक महिनामा ६२४ वटा उजुरी दर्ता भएको छ। जसमा आर्थिक अपराधका मात्रै २०६ वटा उजुरी परेको छ। यसैगरी जिल्लामा सम्पत्ती शुद्धिकरणसम्बन्धी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
यस्तै,हुण्डी सम्बन्धी कसुरमा १ वटा उजुरी दर्ता भएको छ। जसमा २ जना पक्राउ परेका छन्। जसको बिगो रकम ७४ हजार रहेको छ। त्यस्तै, काठमाडौंमा एक महिनामा फैसला कार्यान्वयन तर्फ २०९ जना पक्राउ परेका छन्। जसको कैद अवधि २७ वर्ष ८ महिना २७ पुगेको छ, भने जरिवाना रकम ४ करोड २४ लाख ८२ हजार उठेको छ।
साथै, चालु मुद्दाका ५८४ जना प्रतिवादी पक्राउ परेका छन्। लागुऔषध सम्बन्धी कसुरमा ५० वटा मुद्दा दर्ता भएको छ। ८२ जना पक्राउ परेका छन्। काठमाडौंमा साइबर अपराधका २१९ वटा निवेदन परेको छ।





About Us
प्रतिक्रिया