नबिल ग्रोथ फण्ड मंसिर ९ गतेदेखि निष्काशन गर्दै नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग


काठमाडौं – नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले मंसिर ९ गतेदेखि नबिल ग्रोथ फण्ड निष्काशन गर्ने भएको छ। नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो।

कुल निष्काशन गरिने इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका लागि छुट्याइएको छ। यसमध्ये नबिल बैंकका लागि १ करोड ४० लाख इकाई अर्थात् १४ प्रतिशत र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका लागि १० लाख इकाई अर्थात् १ प्रतिशत सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गरिनेछ।

उक्त फण्डमा लगानी गर्न इच्छुक लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। यस योजनामा मंसिर १४ गतेसम्म आवेदन दिन सकिनेछ।  उक्त अवधिसम्म आवेदन नपरेमा निष्काशन अवधि मंसिर २३ गतेसम्म लम्बिनेछ।

यो योजना खरिद गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। यस योजनाको कोष प्रवर्द्धक नबिल बैंक रहेको छ भने योजना व्यवस्थापन तथा निष्काशन बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ।

Skip This