सुपरमाई हाइड्रोपावरले १८ प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौं – सुपरमाई हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले १४ प्रतिशत बोनस शेयर र ४.४२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। कम्पनीले प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८२/८३ का लागि आयोजना हुने कम्पनीको १२औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ।

Skip This