गृहमन्त्रीद्वारा नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।बुधवार गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। 

यसअघि प्रहरी महानिरीक्षकलाई गृह सचिवले दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहँदै आएको थियो। मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले केसीलाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारले दानबहादुर कार्कीलाई पदबाट हटाउँदै केसीलाई नयाँ प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो।

यसैबिच, पूर्वआईजीपी कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको छ।