मुक्तिनाथ कृषि कम्पनीको ६० लाख ९३ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै


काठमाडौं – मुक्तिनाथ कृषि कम्पनीको झन्डै ६१ लाख कित्ता शेयरको लकइन अवधि सकिने भएको छ। कम्पनीको संस्थापक तथा कर्मचारीका नाममा रहेको ६० लाख ९३ हजार ३६० कित्ता शेयरको लकइन अवधि आगामी मंसिर १८ गते समाप्त हुने भएको हो। 

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक समूहको ६० लाख ४८ हजार कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ४५ हजार ३६० कित्ता शेयरको लकइन अवधि आगामी मंसिर १८ गते समाप्त हुनेछ।

कम्पनीको संस्थापक, सर्वसाधारणतर्फ कर्मचारीहरूको स्वामित्वमा रहेको शेयरहरूको लकइन अवधि सर्वसाधारणमा बाँडफाँट भएको मितिले ३ वर्ष रहनेछ।