काठमाडौंबाट ५० लाख बराबरको धनमाल चोरी


काठमाडौं – काठमाडौं महानगरपालिका– १ लाल दरबार बस्ने छेयाङ तुलाधार बज्रचार्यको घरबाट १५ तोला सुन र नगद समेत गरी करिब ५० लाख रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।