हिमालयन लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा 


काठमाडौं– हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी जम्मा पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

कम्पनीको कार्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा वितरण गरिनेछ।