सुर्याेदय वोमी लघुवित्तमा कर्मचारी माग


काठमाडौं – सुर्याेदय वोमी लघुवित्तले कर्मचारी माग गरेको छ। कम्पनीले चार पदका लागि कोही संख्यामा कर्मचारी माग गरेको हो। कम्पनीले वरिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक ‘प्रथम’, र सहायक ‘द्धितिय’ पद गरी चार पदमा कर्मचारी माग गरेको छ। जसमा वरिष्ठ अधिकृत पदमा १ जना कर्मचारी माग गरेको छ भने अन्य तिन पदमा केही संख्यामा कर्मचारी मागेको हो।

वरिष्ठ अधिकृत पदमा आवेदन दिने आवेदकले मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा न्यूनतम २ वर्षको अनुभव हुनुपर्नेछ। त्यस्तै, वरिष्ठ सहायक पदका लागि स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा १ वर्ष वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तिमा २ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ। सहायक ‘प्रथम’ पदका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तिमा १ वर्ष वा एस.एल.सी. उत्तीर्ण गरी कम्तिमा ३ वर्षको अनुभव हुनुपर्नेछ। त्यस्तै सहायक ‘द्वितीय’ पदका लागि एस.एल.सी.र एस.ई.ई. उत्तीर्ण भई लघुवित्त क्षेत्रमा कम्तिमा १ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ।

उमेरको हकमा आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ। उक्त पदमा आवेदन दिन इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले यही मंसिर ११ गतेभित्र आवेदन दिन सक्नेछन्।