काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार तोलामा तीन हजार दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला आठ हजार तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७२ हजार रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा तीन हजार आठ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइबार तीन हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७५ रूपैयाँ घटेको हो।






About Us
प्रतिक्रिया