काठमाडौं – नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ६ वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८९’ जारी गरेको हो ।
यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
उक्त ऋणपत्रमा लगानी गर्न इच्छुक व्यक्ति तथा संस्थाले बोलकबोलमा सहभागी हुन सक्नेछन् । बैंक तथा वित्तीय संस्था, गैह्रबैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै नेपाली नागरिकले समेत यस ऋणपत्रमा लगानी गर्न पाउनेछन् ।







About Us
प्रतिक्रिया