नेपाल टेलिकमको ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालन 


काठमाडौं – नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ। यस अन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताहरूले ५९९ रूपैयाँमा उक्त प्याकेज खरिद गर्न सक्नेछन्। यस अन्तर्गत ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ।

मंगलबारदेखि आगामी आउँदो मंसिर ५ गतेसम्म प्याकेज खरिद गर्न सकिनेछ। सो प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ।

‘एनपीएल अनलिमिटेड प्याकेज’ प्राप्त गर्नका लागि मोबाइलबाट *1415*9# डायल गर्न सकिने छ। त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने  सह–प्रवक्ता प्रक्षेत थापा क्षेत्रीले जानकारी दिए।