सन नेपाल लाइफको ‘ट्रिपल बी प्लस’ रेटिङ पुनः पुष्टि, बीमा शुल्क ५ अर्ब नाघ्यो


काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘ट्रिपल बी प्लस’ रेटिङ पुनः पुष्टि भएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको यसअघिको रेटिङलाई निरन्तरता दिएको हो। पुनः पुष्टि गरिएको यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षा रहेको जनाउँछ। यस रेटिङस्तरमा कम्पनीको क्रेडिट जोखिम मध्यम रहने मूल्याङ्कन गरिन्छ।

कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल आर्जित बीमा शुल्क ५ अर्ब ९ करोड ६० लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले बढी हो। यस अवधिमा खुद आर्जित बीमा शुल्क पनि करिब १३ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ८९ करोड ५० लाख रुपैयाँ पुगेको छ। कम्पनीको बीमालेख नवीकरण दर ९६ प्रतिशत रहेको छ।

त्यस्तै, कम्पनीको जीवन बीमा कोष १२ अर्ब ९३ करोड १० लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल लगानीमध्ये करिब ५८ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थामा रहेका मुद्दती निक्षेप तथा ब्याज आर्जन गर्ने अन्य निक्षेपमा रहेको छ।