भिजन लुम्बिनी उर्जाले लाभांश प्रस्ताव पारित गर्न बोलायो वार्षिक साधारण सभा


काठमाडौं – भिजन लुम्बिनी उर्जा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न आठौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको आसोज ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा आगामी मंसिर ३ गते दियालो फुडल्याण्ड कालिकानगर प्रालि बुटवल रुपन्देहीमा बोलाएको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.६८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, कम्पनीले २०८३/८४ को लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको प्रस्ताव पारित गर्नेछ।

साथै, कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागी यही कार्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअर्थ कार्तिक १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सो सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्ने सक्नेछन्।