काठमाडौं – जिल्ला प्रहरी परिसर भक्तपुरमा एक महिनामा ६५ वटा बैंकिङ्ग कसुरका उजुरी दर्ता भएका छन्। जिल्लामा असोज महिनामा १४३ वटा उजुरुी दर्ता भएका थिए। जसमा बैंकिङ्ग कसुरका मात्रै ६५ वटा उजुरी दर्ता भएका हुन्।
प्रहरीका अनुसार जिल्लामा १० वटा ठगीसम्बन्धी उजुरी परेका छन्। त्यस्तै, फैसला कार्यान्वयनतर्फ ५७ जना पक्राउ परेका छन्। उनीहरूको कैद अवधि १५ वर्ष ५ महिना ४ दिन पुगेको छ भने जरिवाना रकम २५ लाख ५० हजार पुगेको छ।







About Us
प्रतिक्रिया