लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त


काठमाडौं – लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकले उक्त नियुक्ति कात्तिक १५ गतेदेखि लागू हुने जनाएको छ । सीईओ नियुक्त भएका भट्टराई बैंकका सिनियर डिसीईओ तथा चिफ क्रेडिट अफिसरको रूपमा कार्यरत थिए। उनलाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । भट्टराईसँग बैंकिङ्ग क्षेत्रमा लामो अनुभव रहेको छ। उनले यसअघि लक्ष्मी बैंकमा महाप्रबन्धक तथा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेका छन् । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर हुनुअघि तथा मर्जर प्रक्रियापछि पनि उनले बैंकको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

भट्टराईले काठमाडौं विश्वविद्यालयअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टबाट व्यवसाय प्रशासन तथा व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबीए) गरेका छन् ।