काठमाडौं – नेपाल राष्ट्र बैंकले भोटेकोशी तथा बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उद्यम, परियोजना तथा व्यवसायलाई राहत दिन कर्जा किस्ता भुक्तानी गर्ने समयावधि थप गर्न सक्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ एक बुँदा थप गर्दै यस्तो व्यवस्था गरेको हो।
नयाँ व्यवस्थाअनुसार, २०८३ असोज मसान्तमा भुक्तानी गर्नुपर्ने कर्जाको किस्ता साँवा र ब्याज तिर्न कठिनाइ भएका ऋणीको भुक्तानी अवधि बैंक तथा वित्तीय संस्थाले २०८३ पुस मसान्तसम्म थप गर्न सक्नेछन्।
‘भोटेकोशी तथा बुढीगण्डकीको बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसाय, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध–तयारी तथा तयारी मालबस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको हकमा बिक्री तथा आम्दानी, नगद प्रवाह, जगेडामा रहेको रकम लगायतका ऋणीको वित्तीय अवस्था, आयात एवं निर्यातमा परेको असर र कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाई भएका ऋणीको २०८३ असोज मसान्तमा किस्ता भुक्तानी गर्ने समयावधि संस्थाले २०८३ पुस मसान्तसम्म थप गर्न सक्नेछन्’ केन्द्रीय बैंकले भनेको छ ।






About Us
प्रतिक्रिया