काठमाडौं – प्रहरीले दाङको लमही नगरपालिका – ९ स्थित रहेका विभिन्न सामुदायिक वनमा लुकाइछिपाइ राखिएका ४ नाल भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ मातहतका प्रहरी टोलीले विभिन्न स्थानमा सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा ती बन्दुक बरामद गरेको हो।
प्रहरीले उक्त भरुवा बन्दुक लमही नगरपालिका – १, सुण्डबरीस्थित जनता सामुदायिक वनमा लुकाइछिपाइ राखिएका २ नाल, लमही नगरपालिका – ०९, शिवखोलास्थित गायत्री सामुदायिक वनमा लुकाइछिपाइ राखिएको १ नाल र बंगलाचुली गाउँपालिका – ०२, स्याले छरछरी सामुदायिक वनमा प्लास्टिकले बेरेर राखिएको १ नाल भरुवा बन्दुक बरामद गरेको हो।
बरामद भएको भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया