विश्व लगानीकर्ता साताको अवसरमा सन सेक्युरिटिजद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौं – सन सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ६४) ले विश्व लगानीकर्ता साता ‘वल्ड इन्भेष्टर विक–२०२६’ को अवसरमा गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असोज २० गतेदेखि २३ गतेसम्म सञ्चालन गर्न लागेको कार्यक्रमको आज पहिलो दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यलयमा सम्पन्न भएको हो।

धितोपत्र बजार नियमनकारी निकायहरूको अन्तर्राष्ट्रिय संगठनको अवधारणाअनुसार लगानीकर्ता शिक्षा र संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले कम्पनीले उक्त कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा इस्लिङ्टन कलेजका विद्यार्थीहरू सहभागी थिए। कम्पनीले १ महिना अगाडी स्टक सिमुलेसन प्रतियोगितामा भाग लिएर प्रथम, दोस्रो र तेस्रो श्रेणीमा विजयी भएका तिन जना विद्यार्थीलाई नगद पुरस्कार समेत वितरण गरेको थियो ।