साताको शेयरमा साढे १७ अंकको गिरावट, कारोबार रकम १८ करोड बढी


काठमाडौं – गत साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा साढे १७ अंकले घटेर बन्द भएको छ। यससँगै १८ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ। गत साता जम्मा तिन दिन शेयर कारोबार हुँदा दुई दिन बजार बढेर बन्द भएको थियो भने १ दिन बजार घटेको थियो।

गत साताको पहिलो शेयर कारोबारको दिन मंगलबार बजार ७.०६ अंकले बढेर बन्द भएको थियो। यससँगै बजार २६ सय ५४ दशमलव २८ को बिन्दुमा बन्द भएको थियो। त्यस्तै, बुधबार नेप्से ३६.२५ अंकले घटेर बजार २६ सय १८ दशमलव ३ को बिन्दुमा बन्द भएको थियो। त्यस्तै, बिहीबार नेप्से ११.७७ अंकले बढेर बजार २६ सय २९ दशमलव ८१ को बिन्दुमा बन्द भएको थियो।

गत साता असोज ५ गते सोमबार ७२ सदस्य कम्पनीहरू रहेको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएका कारण नेप्से बन्द रहेको थियो। त्यस्तै, असोज ९ गते अर्थात् साताको अन्तिम कारोबार दिन इन्द्रजात्रा पर्व परेकाले नेप्से बन्द भएको थियो। जस कारण गत साता तीन दिन मात्रै बजार खुलेको थियो।

कारोबार कुन दिन कति?
मंगलबारः ६ अर्ब ९८ करोड
बुधबारः ६ अर्ब १६ करोड
बिहिबारः ५ अर्ब २१ करोड