होन्डाले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिभ अफर–होन्डाको सफर’: नयाँ कार खरिदमा १० लाख रुपैयाँसम्म छुट


काठमाडौं – नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वको अवसर पारेर नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि.ले आफ्ना ग्राहकका लागि ‘फेस्टिभ अफर–होन्डाको सफर’ नामक विशेष योजना सार्वजनिक गरेको छ। ग्राहकहरूको चाडपर्वलाई अझ विशेष र खुसीमय बनाउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत नयाँ होन्डा कार खरिद गर्दा ग्राहकले १० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्।

यसका साथै, नयाँ कार खरिदमा एक आर्थिक वर्षको सडक कर र एक आर्थिक वर्षको पूर्ण बीमा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ। गाडी खरिदपछिको ग्राहक अनुभवलाई थप सहज र झन्झटमुक्त बनाउन कम्पनीले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ तथा एक वर्षसम्म निःशुल्क सडक सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ।

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होन्डा कार खरिद गर्न चाहने ग्राहकका लागि अन-द-स्पट एक्सचेन्ज सुविधा र आकर्षक एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ। नयाँ गाडी खरिदलाई आर्थिक रूपमा थप सहज बनाउन स्याकार हायर पर्चेज तथा एनआईसी एसिया बैंकसँगको सहकार्यमा आकर्षक तथा कम ब्याजदरमा सहज फाइनान्सिङ सुविधासमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ‘फेस्टिभ अफर–होन्डाको सफर’ योजना इन्द्रजात्राको दिन अर्थात् सेप्टेम्बर २५, २०२६ (शुक्रबार) देखि सुरु भई छठ पूजा अर्थात् नोभेम्बर १६, २०२६ (सोमबार) सम्म देशभरका होन्डा कार शोरुममा लागू हुनेछ। यस योजनाअन्तर्गत होन्डा कार खरिद गर्दा कम्पनीका नियम तथा सर्तहरू लागू हुनेछन्।

‘ड्राइभ अ ब्राइटर टुमोरो’ भन्ने नाराका साथ ल्याइएको यस अफरमार्फत होन्डाका सीआर–भी, एलिभेट, सिटी तथा सिटी ईःएचईभी जस्ता कारहरू आकर्षक छुट तथा सुविधासहित खरिद गरी आफ्नो र परिवारको खुसी दोब्बर बनाउन कम्पनीले ग्राहकहरूलाई आग्रह गरेको छ। यस योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले आफ्नो नजिकैको होन्डा कार शोरुममा सम्पर्क गर्न सक्नेछन्।