एन्फा कार्यालयमा सीआईबीको छापा 


काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यालयमा छापा मारेको छ।

सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले अनुसन्धानका क्रममा आवश्यक केही कागजात नियन्त्रणमा लिएको जानकारी दिए।