साताको शेयरमा ८८ अंकको वृद्धि, कारोबार रकम २९ अर्बमाथि


काठमाडौं – यो साता शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। यो साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ८८ अंकले बढेर बन्द भएको हो। यससँगै करिब ३० अर्ब रुपैयाँको शेयर कारोबार भएको छ। यस साता ५ दिन कारोबार हुँदा ४ दिन बजार बढ्दा बाँकीको १ दिन घटेको छ।

साताको पहिलो कारोबारको दिन बजार २५.५५ अंकले बढेर २५ सय ८५ दशमलव ४ को बिन्दुमा बन्द भएको थियाे। त्यस्तै, दोस्रो कारोबारको दिन नेप्से ४८.५७ अंकले बढेर बजार २६ सय ३३ दशमलव ६२ को बिन्दुमा बन्द भएको थियाे।

त्यस्तै, तेस्रो कारोबारको दिन नेप्से २१.१९अंकले घटेर बजार २६ सय १२ दशमलव ४२ को बिन्दुमा बन्द भएको थियाे। त्यसैगरी, बिहीबार भने बजार ११.९३ अंकको वृद्धिसहित बजार २६ सय २४ दशमलव ३६ को बिन्दुमा बन्द भएको थियाे। त्यस्तै, साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से २२.८५ अंकले बढेर बजार २६ सय ४७ दशमलव २२ को बिन्दुमा बन्द भएको छ।

कुन दिन कति करोबार?

सोमबारः ४ अर्ब ६४ करोड
मंगलबारः ८ अर्ब २१ करोड
बुधबारः ४ अर्ब ३२ करोड
बिहीबार:४ अर्ब ४२ करोड
शुक्रबारः ६ अर्ब ६५ करोड