नेपालमा अन्डाको मूल्यले रच्यो नयाँ रेकर्ड, प्रतिकेट कति ?


काठमाडौं– नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्यमा पुनः वृद्धि गरेसँगै बजारमा अन्डाको मूल्य बढेको छ। आज शुक्रबारदेखि लागु हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि गरिएको छ।

यो वृद्धिसँगै अन्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यसअघि ४ भदौमा तोकिएको मूल्य अनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५९० रुपैयाँ रहेकोमा अहिले १५ रुपैयाँ बढेर ६०५ रुपैयाँ पुगेको छ।

त्यसैगरी, ठूलो अन्डा प्रतिक्रेट ५७५ बाट ५९० रुपैयाँ पुगेको छ भने मिडियम अन्डाको मूल्य ५३५ बाट ५५० रुपैयाँ कायम भएको छ।सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २०० रुपैयाँ नै यथावत राखिएको छ।

जुन फार्म मूल्य हो, उपभोक्ता मूल्य भने २५ रुपैयाँ तोकिएको छ। त्यस्तै, मिडियम अन्डा दुई वटा खरिद गर्दा उपभोक्ताले ४५ रुपैयाँ (प्रति गोटा साढे २२ रुपैयाँ) भुक्तानी गर्नुपर्नेछ। लागत मूल्यमा भएको वृद्धि र बजार माग सन्तुलनमा राख्न मूल्य समायोजन गर्नुपरेको संघको दाबी छ।