काठमाडौं – मल्टीपर्पस फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई २८औँ वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले सो सभा आउँदो भदौ १६ गते केन्द्रीय कार्यालय, राजविराज, सप्तरीमा बस्ने निर्णय गरेको हो। उक्त सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी प्रस्ताव पारित गर्नेछ। लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा वा नोक्सान विवरण र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ।
त्यस्तै, लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/०८३ को हरहिसाब लेखा परीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको प्रस्ताव पारित गर्नेछ।
सो सभा प्रयोजनका लागि कम्पनीले माघ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भदौ ४ गतेसम्म कारोबार भई नियमानुसार शेयर नामसारी भई कायम शेयरधनीहरुले मात्र सो सभामा भाग लिन र मतदान गर्न सक्नेछन् ।







About Us
प्रतिक्रिया