एमबीएल इक्वीटी फण्डको लाभांश घोषणा


काठमाडौं – माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा रहेको एमबीएल इक्विटी फण्डले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

एमबीएल इक्विटी फण्डका इकाईधनीलाई करसहित ८ प्रतिशत अर्थात ९ करोड ७३ लाख ३६४ रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

साथै, आगामी भदौ २ गते इकाईधनी दर्ता किताब एक दिनका लागि बन्द हुनेछ। जसअनुसार भदौ १ गतेसम्म कायम इकाईधनीले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।