आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त


काठमाडौं – नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। उनलाई बुधबारको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो। साह निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक हुन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कौशल केसी र  सञ्जीवकुमार देवको नाम सिफारिस गरेको थियो।