काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन समूहको संयोजकमा विष्णु कुमार विश्वकर्मा रहेका छन् । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समस्याग्रस्त बैंकको संयोजकका रुपमा कार्यरत टिकाराम खतिवडा तथा सदस्य जुगल किशोर कुशवाहालाई फिर्ता बोलाएको हो ।
त्यससँगै गत १५ गतेदेखि विश्वकर्मा संयोजक बनेका छन् । हाल समितिमा आन्तरिक लेखापरिक्षण विभागका सहायक निर्देशक सजन ढकाल र वित्तीय संस्था सुपरिवेक्षण विभागका सहायक निर्देशक निरज कुमार दाहाल रहेका छन् ।







About Us
प्रतिक्रिया