एनआरएन इन्फ्रास्ट्रक्चरका सञ्चालक कोइरालाको राजीनामा स्वीकृत


काठमाडौं – एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका सञ्चालक समितिका सदस्य तिलक कोइरालाले दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।

कम्पनी ऐन, २०६३ को दफा ८९ को उपदफा ३ (ग) बमोजिम कोइरालाले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ।