काठमाडौं – एभरेष्ट बैंकको नाफामा सुधार आएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणले बैंकको नाफा बढेको देखाएको हो । बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ६ करोड ९९ लाख नाफा कमाएको छ । जुन नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ८३ करोड ९९ लाख नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानीमा पनि सामान्य सुधार आएको छ । गत आर्थिक वर्षमा बैंकले ९ अर्ब १९ करोड खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ९ अर्ब १० करोड ब्याज आम्दानी गरेको थियो ।
गत वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ९४ करोड ७२ लाख, कुल सञ्चालन आम्दानी ११ अर्ब ८६ करोड ४६ लाख र सञ्चालन नाफा ७ अर्ब ३८ करोड ४४ लाख रहेको छ । गत वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो नाफा ४ अर्ब ५ करोड ४८ लाख रहेको थियो ।
हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख रहेको छ भने बैंकको जगेडा कोषमा १५ अर्ब ७२ करोड ७८ लाख सञ्चित छ ।
बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ३७.३९ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी गत वर्ष बढेर ३६.९५ सीमित भएको छ । यस्तै, बैंकको खराब कर्जा ०.३८ प्रतिशतबाट बढेर ०.४९ प्रतिशत पुगेको छ ।







About Us
प्रतिक्रिया