खुद ब्याज आम्दानीसँगै बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता कति ?


काठमाडौं – नबिल बैंकको नाफा बढ‍ेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बढेको हो । बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ९० करोड आर्जन गरेको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ९२ करोड नाफा कमाएको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी बढेको छ । बैंकको खुद ब्याज आम्दानीमा सुधार हुँदा पनि नाफा सुधारिएको हो । बैंकले १७ अर्ब ९२ लाख ८८ हजार खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ३२ करोड ७२ लाख ८१ हजार खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ५४ करोड, कुल सञ्चालन आम्दानी २२ अर्ब ३३ करोड र सञ्चालन मुनाफा ११ अर्ब ५६ करोड रहेको छ ।

गत वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३ अर्ब ८५ करोड ५५ लाख रहेको थियो । बैंकको प्रतिशेयर आम्दानी बढेको छ । अघिल्लो वर्ष २१.८९ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी गत वर्ष बढेर २८.३६ रुपैयाँ पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी ३२ अर्ब ५ करोड रहेको छ भने जगेडा कोषमा ३४ अर्ब ६८ करोड रहेको छ । बैंकको खराब कर्जा घटेको छ । बैंकको खराब कर्जा ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा कायम भएको छ ।