‘देशलाई समृद्धिको बाटोमा लैजान बैंकिङ्ग क्षेत्रको महत्त्व सरकारले बुझेको छ’


अहिले अर्थमन्त्री, प्रधानमन्त्री निजी क्षेत्रसँग बसेर देश बनाउने समृद्धिको बाटोमा लाग्ने भन्ने कुरा गर्दा बैंकिङ्ग क्षेत्र त चाहियो नै । अहिले पुँजीगत खर्च हेर्ने हो भने साढे ४ खर्ब पनि छैन । त्यो पुर्‍याउन समय लाग्छ । यति बेला बैंकिङ्ग क्षेत्रसँग प्रर्याप्त तरलता छ । कर्जाको माग बजारमा भइरहेको अवस्था छैन । यही क्रममा अघि बढ्ने हो भने त समृद्धिको बाटोमा लाग्न सकिँदैन । यो बैंकरको लागि, निजी क्षेत्रका लागि, नागरिकको लागि र राज्यको लागि समस्या हो । भइरहेको हाम्रो स्रोत साधनलाई समुचित परिचालन कसरी गर्ने र कसरी निजी क्षेत्रलाई प्रोत्साहित गरेर भइरहेको स्रोत साधनलाई देशको समृद्धिमा अघि बढ्न सक्छौँ भन्ने विषयमा चर्चा भयो । 

यता, उद्योगी व्यवसायीलाई बैंकहरुले के सहजीकरण गर्दा उद्यम व्यवसायमा राम्रो गर्न सकिन्छ । आयातलाई निरुत्साहन गर्न सक्छौँ । कसरी आयात बढाउने निर्यात घटाउने, ब्यालेन्स अफ पेमेन्टमा कसरी योगदान दिने भन्ने विषयमा उत्पादनशील क्षेत्रमा कसरी जान सकिन्छ भन्ने सन्दर्भमा पहिला पनि छलफल भएको रहेछ । म्यानुफ्याक्चरिङ 
क्षेत्रको बिजनेस लिडरहरूसँग पनि कुरा गर्नु भएको रहेछ । त्यसपछि प्रतिक्रिया लिने क्रममा आज बैंकरहरुलाई बोलाउनुभएको थियो । लगभग सबै वाणिज्य बैंकका सीईओहरु सहभागी हुनुभएको थियो । 

अर्थ मन्त्रालय भनेको हाम्रो तालुकदार मन्त्रालय अभिभावक भयो । अभिभावकले त जहिले पनि विश्वासको वातावरण सिर्जना गर्नुपर्छ । विश्वासको वातावरण सिर्जना भएपछि हामीले सोहीअनुसार नैतिक मूल्य मान्यताका साथ साथ दिनुपर्छ । त्यो भयो भने मात्रै समृद्धि सम्भव छ । समृद्धि सबैलाई चाहिएको छ । अर्थमन्त्रीको कुरा प्रस्ट छ । अहिले पनि कतै समस्या भयो भने आउनुहोस् हामी साथ दिनेछौँ गर्नेछौँ । काम गर्न केही बाधा आयो भने आउनुहोस् सुझाव दिनुहोस् हामी नीतिगत व्यवस्थामा परिवर्तन गर्ने हो कि सरकारले केही पहल गर्नुपर्ने होकि कानुन नै भए पनि परिवर्तन गरौँ । तर, देशको समृद्धिमा हामी अघि दौडिनुपर्छ । कुल ग्राहस्थ उत्पादनको एउटा प्रोजेक्ट लिएर गएको छ, आम्दानीको एउटा लक्ष्य छ । देशलाई समृद्धिमा अघि बढाउन भने दौडेर लाग्नुपर्ने बताउनुभएको छ । 

अर्थमन्त्रीले बैंकर साथीहरूलाई बोलाएर यसरी छलफल गर्नु निकै सकारात्मक हो । सरोकारवाला निकायमा रहेकाहरूसँग छलफल गर्दा के हुन्छ भन्दा एकोहोरो म नै जान्ने हो तिमिहरूले के सिकाउनु पर्छ र भन्ने प्रकारको प्रवृत्तिबाट माथि उठेर हामीले लिइरहेको गति अपनाइरहेको नीति ठिक छ । तर, तपाईँको पनि सुझावहरू केही छन् भने आउनुस् न बसेर काम गरौँ र सुझावहरू सही छन् भने त्यसलाई लागू गरेर देशको समृद्धिको लागि सहयोगी हुन्छन् भने हामी तत्काल समाधान दिन्छौ भन्ने कुराको पहललाई तारिफयोग्य नै भन्नुपर्छ । 

बैंक आजको दिनमा जिडिपी भन्दा ठुलो निक्षेप राखेर बसेका छौँ । यति बेला बैंकहरूले ८२ खर्बको डिपोजिट लिएर बसेका छौँ । बैंक वित्तीय संस्थासँग १४/१५ खर्ब  लगानी योग्य रकम रहेको छ।  क्यापिटल एउटा तहमा पुग्न मात्रै बाँकी छ । देश विकासमा भइरहेको हाइड्रोपावर बाटोघाटो सबैमा निजी क्षेत्र र बैंकिङ्ग क्षेत्रले नगरेको भए राज्यले मात्रै गरेर सक्ने अवस्था छैन । हाम्रो देशको साधन स्रोतको सीमा छ । त्यो सीमा भन्दा बाहिर गएर प्राइभेट सेक्टरलाई पनि प्रोत्साहन गरेर जान सकिन्छ । 

आज पनि अर्थमन्त्रीको कुरा पुँजीगत खर्च ४ खर्बभन्दा तल छुट्टाएर पुँजीगत खर्चलाई पुरै लगानी गर्‍यौ भने पनि हामीले पुरै जिडिपीमा योगदान गर्न खोजिरहेका छौँ । राज्यको पैसा, बैंकिङ्ग क्षेत्रको पैसा र एफडीआइको पैसा लगानी गरेर हामीले राज्यको समृद्धिमा कसरी दौडिने भन्ने कुरा नै महत्त्वपूर्ण हो र उहाँहरू त्यसमै लागिरहनु भएको छ । यति मात्रै नभएर प्रधानमन्त्री बालेन्द्र शाहले पनि यसअघि नै विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरू निजी क्षेत्रसँग कुराकानीहरु गरिसक्नुभएको छ । अर्थमन्त्रीले पनि लगातार रूपमा मिटिङहरू गर्दै आइराख्नुभएको छ । यसले पनि सरकार समृद्धिको लागि अगाडि बढ्न सुझाव राय सल्लाह लिएर अगाडि बढ्न चाहन्छ भन्ने कुरा प्रस्ट हुन्छ ।

(नबिल बैंकका सीईओ ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको छलफलपछि मिडियाकर्मीसँग गरेको कुराकानीमा आधारित)