काठमाडौं – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग छलफल गर्ने भएका छन्। अर्थमन्त्री वाग्लेको सचिवालयकाअनुसार आज २० वटै वाणिज्य बैंकका सीईओहरुसँग छलफल गर्ने भएका हुन्।
बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरुलाई छलफलमा बोलाएका हुन्।
दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा २० वटै वाणिज्य बैंकका सीईओहरु सहभागी हुने बताइएको छ।







About Us
प्रतिक्रिया