काठमाडौं – एनएमबि बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब बढी नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा ४ अर्ब १ करोड ३६ लाख ७१ हजार नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा बढी हो। बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार खुद नाफा आर्जन गरेको थियो।
बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफा बढेको हो। गत वर्षमा बैंकले ९ अर्ब ४२ करोड ६२ लाख ४० हजार खुद ब्याज आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ८ अर्ब २ करोड ८ लाख ९४ हजार खुद ब्याज आर्जन गरेको थियो। गत वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ५९ करोड ८ लाख, कुल सञ्चालन आम्दानी १३ अर्ब ३ करोड ४० लाख, सञ्चालन नाफा ६ अर्ब ११ करोड ७५ लाख रहेको छ।
बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९० करोड १३ लाख रहेको वितरणयोग्य मुनाफा गत वर्षमा १ अर्ब ७५ करोड ९ लाखमा झरेको हो । बैंकको ईपीएस २०.१८ रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा पनि बढेको छ। अघिल्लो वर्ष ४.११ रहेको खराब कर्जा गत वर्ष ४.९१ प्रतिशत पुगेको हो।
हाल बैंकको चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रहेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ८७ करोड ३० लाख र रिजर्भ कोषमा १३ अर्ब ९० करोड १७ लाख छ।






About Us
प्रतिक्रिया