लक्ष्मी सनराइज बैंकको ऋणपत्र आजदेखि बिक्री खुला


काठमाडौं– लक्ष्मी सनराइज बैंक लिमिटेडले आज अर्थात् साउन १४ गतेदेखि १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७५ लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गरेको छ ।

बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँ अंकित मूल्य दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बाँडफाट गरिनेछ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सर्वसाधारणले ऋणपत्रमा आवेदन दिदा न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्काशन बन्द छिटोमा साउन १९ गते र ढिलोमा साउन २८ गते हुनेछ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ ।