काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले अर्थतन्त्र चलायमान गराउन जायज समस्या समाधानका लागि राष्ट्र बैंक तयार रहेको बताएका छन् । मंगलबार अर्थमन्त्रालयमा आयोजित बजेट कार्यान्वयनको छलफलमा उनले यस्तो बताएका हुन् ।
डेपुटी गभर्नर पण्डितले निजी क्षेत्रको गुनासो सुनेपछि अर्थतन्त्र चलायमान गराउन जायज समस्या समाधानका लागि राष्ट्र बैंक तयार रहेको स्पष्ट पारेका हुन् । ‘राष्ट्र बैंकले पनि अर्थतन्त्र चलायमान बनाउन यहाँहरुले उठान गर्नुभएको जायज समस्याको समाधानका लागि काम गर्नेछ’ उनले भने ।
छलफलमा उद्यमीहरुले चालु पुँजी कर्जाका कारण विविध किसिमका चुनौतीहरु आफुहरुले सामना गरिरहेको बताएका थिए । त्यससँगै डेपुटी गभर्नर पण्डितले चालु पुँजी कर्जाको विषय, पीजिको अनिश्चित दायित्व पुनरावलोकन र नेपाली उद्योगीहरूले विदेशमा विज्ञापनमा खर्च गर्न पाउनुपर्ने जस्ता विषयमा सबल र दुर्बल पक्षहरू हेर्दै राष्ट्र बैंकले सहजीकरण गर्ने बताएका हुन् ।







About Us
प्रतिक्रिया