सर्वसाधारणले खरिद गर्न पाउने गरी कुमारी बैंकको ४७ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कुमारी बैंकले आजदेखि सर्वसाधारणले खरिद गर्न मिल्ने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४७ हजार ३२४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

बैंकले यसअघि एक सूचना जारी गर्दै सो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएकोमा सो शेयरमा संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि अब सर्वसाधारणमा बिक्रीमा ल्याएका हो ।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्र बैंकको शेयर रजिस्ट्रार कार्यालयमा आवेदन दिन सक्नेछन्।