काठमाडौं – सानिमा बैंकको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको हो । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ५५ करोड १ लाख खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड २४ लाख नाफा कमाएको थियो।
गत वर्ष बैंकले ६ अर्ब ९९ करोड १५ लाख खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड ६० लाख थियो।
सञ्चालन नाफा ५ अर्ब १६ करोड ५२ लाख पुगेको छ । यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३२ करोड ८१ लाख, कुल सञ्चालन आम्दानी ९ अर्ब ७३ करोड २३ लाख रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड १८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको २ अर्ब १० करोड २९ लाख रहेको थियो ।
प्रतिशेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ७५ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा १८ रुपैयाँ ९४ पैसा रहेको थियो ।








About Us
प्रतिक्रिया