काठमाडौं — हिमालयन बैंक लिमिटेडले सेफ डिपोजिट लकर सेवा स्थानान्तरण गर्ने भएको छ । बैंकले धरान–२ शाखामा रहेको सेफ डिपोजिट लकर सेवा २०८३ साल साउन १८ गतेदेखि धरान उपमहानगरपालिका–९, पूतली लाइन, सुनसरीस्थित धरान–१ शाखामा स्थानान्तरण गर्ने बताएको हो ।
स्थानान्तरणको क्रममा लकरभित्र रहेका सामग्रीमा टुटफुट वा क्षति पुग्न सक्ने सम्भावना रहेकाले सम्पूर्ण लकर ग्राहकलाई पहिला नै आफ्ना सामान झिक्न भनेको छ । बैंकले निर्धारित समयभित्र सामान ननिकाले स्थानान्तरणका क्रममा हुन सक्ने कुनै पनि हानि–नोक्सानीप्रति बैंक जिम्मेवार नहुने समेत बताएको छ ।








About Us
प्रतिक्रिया