जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ, ३ लाख ३३ हजार बरामद 


काठमाडौं – चितवनको रत्ननगर नगरपालिका– १६ भद्रकालीस्थित बङ्गुर फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–१६ बस्ने ६० वर्षीय हरी थापा मगर समेत ४ जनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३३ हजार ५ सय रुपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।