काठमाडौं – भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल ४० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँगबाट चालीस हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
कण्डेललाई उक्त रकम र श्रोत नखुलेको रकम २१ हजारसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ अख्तियारले जनाएको छ ।





About Us
प्रतिक्रिया