बैंकिङ्ग कसुरका १४ वटा मुद्दाका फरार एक प्रतिवादी पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुरका १४ वटा मुद्दाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानिलकण्ठ– ५ का राजु मिजार रहेका छन्। 

काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा  बैंकिङ्ग  कसुर १२ र चेक अनादर २ गरी जम्मा १४ वटा मुद्दाका फैसलाहरू भएको थियो। उनीमाथि अदालतले बिगो २ करोड ५८ लाख ६२ हजार बमोजिम ४३ लाख २३ हजार जरिवाना तथा क्षतिपूर्ति रकम १ लाख ७२ हजार र ९० दिन कैद सजाय फैसला भएको थियो। 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको  धुम्बाराहीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ।

Skip This