काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गर्ने ६ जनालाई प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका रबिन्द्र खत्री, गोरखाका निरज गुरुङ, पर्साका रिन्कु कुमारी रौनियार, स्याङजाका हुम बहादुर कुँवर, सोलुखुम्बुका लोकेन्द्र बस्नेत र सुनसरीका तोरण कुमार कार्की रहेका छन्।
खत्रीले बुल्गेरिया पठाइदिन्छु भन्दै तीन लाख, गुरुङले आइसल्यान्ड पठाइदिन्छु भन्दै ४ जनाबाट ११ लाख ५६ हजार, रौनियारले सर्बिया पठाइदिन्छु भन्दै ६ लाख, कुँवरले युके पठाइदिन्छु भन्दै २ जनाबाट ८८ लाख ७० हजार, बस्नेतले हङकङ पठाइदिन्छु भन्दै ३ लाख ३० हजार र कार्कीले सर्बिया पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।








About Us
प्रतिक्रिया