डेढ महिना पछि गृहमन्त्रालयमा फर्कँदै सुधन गुरुङ, आजै शपथ


काठमाडौं – डेढ महिना पछि गृहमन्त्रालयमा पुन गुधन गुरुङ फर्किने भएका छन्। सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले सुधन गुरुङलाई क्लिन चिट दिएको हो। 

उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा हुने भएको छ। गुरुङमाथि उठेका विभिन्न प्रश्नहरूको छानबिन गर्न सरकारले गठन गरेको समितिले गत शुक्रबार आफ्नो प्रतिवेदन बुझाइसकेको थियो। सोही ४५ पृष्ठको उक्त प्रतिवेदनका आधारमा उनलाई मन्त्रिपरिषद् बैठकले क्लिन चिट दिएको छ। 

गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यस लगत्तै सरकारले वैशाख २८ गते छानबिन समिति गठन गरेको थियो। नयाँ सरकार गठनपछि चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको शेयर लगानीलगायत विषयमा उठेका प्रश्नका कारण विवादमा तानिएका थिए। ती आरोपहरूबारे नैतिक जिम्मेवारी लिँदै उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।

Skip This