साताको पहिलो कारोबारको दिन २०.२७ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब आसपास


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.२७ अंकले घटेर बजार २७ सय ३५ दशमलव १४ को बिन्दुमा बन्द भएको छ।

आज कारोबारमा आएका ३५६ कम्पनीको ४ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ९२ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी सेन्ट्रल फाइनान्स कम्पनीका शेयर कारोबार भएको छ। आज यस कम्पनीको २० करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८को १७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएको ३५६ कम्पनीहरुमध्ये ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी कालिन्चाेक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्।

त्यस्तै, के्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १३.११ प्रतिशतका दरले कमाएको छन्। यससँगै आज सबैभन्दा बढी गुमाउनेमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.१४ प्रतिशतका दरले गुमाएका हुन्।

Skip This