बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने स्पा सञ्चालिका पक्राउ


काठमाडौं – बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका– २ सानेपा अरूणथापा चोकस्थित शुकल्प स्पा एण्ड थेरामीको सञ्चालिका गोरखा सिरानचोक गाउँपालिका–३ घर भएकी सुमन थापा मगर भन्ने सुमन कुमाललाई प्रहरीले पक्राउ गरेको हो। 

सुमनले स्पा सेन्टरमा स्टाफको रूपमा कार्यरत एक बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी स्पामा सेवा लिन आउने ग्राहकहरूको इच्छा अनुसार जबरजस्ती अनैतिक कार्य गराइरहेको भन्ने सूचनाकाे आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएकाे टाेलीले उनलाई पक्राउ गरेकाे हाे।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

Skip This