काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल तथा अनलाइनमा विश्वकप २०२६ को लाइभ हेर्न सकिने दाबी गर्दै एपिके फाइल डाउनलोड गराउने गतिविधि बढ्दै गएको बताएको छ।
एनबीटिभी जस्ता एपको विज्ञापनमार्फत प्रयोगकर्तालाई निःशुल्क लाइभ टिभी, समाचार, चलचित्र तथा अन्तर्राष्ट्रिय च्यानल हेर्न सकिने भन्दै एपिके फाइल डाउनलोड गर्न भन्दै मोबाइल बैंकिङ्ग एप ह्याक गरी ठगी गर्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ।
प्रहरीले आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्न, अपरिचित लिङ्कमा क्लिक नगर्न तथा शङ्कास्पद विज्ञापनबाट सावधान रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।








About Us
प्रतिक्रिया