काठमाडौंमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)


काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर तापक्रम बढ्दै जाँदा राजधानीका विभिन्न इलेक्ट्रोनिक्स पसलहरूमा पङ्खा किन्ने उपभोक्ताको चहलपहल बढेको छ। विशेषगरी काठमाडौंको महाबौद्ध क्षेत्रमा रहेका इलेक्ट्रोनिक्स पसलहरूमा पछिल्ला दिनहरूमा पङ्खा खरिद गर्ने ग्राहकको सङ्ख्या उल्लेख्य रूपमा बढेको व्यवसायीहरूले बताएका छन्।

गर्मी बढेसँगै घर, कार्यालय तथा व्यापारिक प्रतिष्ठानका लागि पङ्खाको माग बढेको व्यापारीहरूको भनाइ छ। बजारमा मुख्यतः भारत र चीनबाट आयात गरिएका विभिन्न ब्रान्डका पङ्खा बिक्री भइरहेका छन्। 

साधारण टेबल फ्यानदेखि स्ट्यान्ड फ्यान र वाल फ्यानसम्म उपलब्ध रहेको बजारमा पङ्खाको मूल्य करिब ७ सय रुपैयाँदेखि १ हजार ५ सय, १ हजार ६ सय रुपैयाँ हुँदै ३ हजार ५ सय रुपैयाँसम्म रहेको व्यापारीहरूले जानकारी दिएका छन्।

व्यापारीहरूका अनुसार केही साता अघिसम्म बिक्री सुस्त रहे पनि हाल गर्मी बढेसँगै दैनिक बिक्रीमा वृद्धि भएको छ। ग्राहकहरूले विशेषगरी कम विद्युत् खपत गर्ने तथा बढी हावा दिने पङ्खा रोज्ने गरेका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

Skip This