चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श: उद्घाटन सत्रमा बैंकर्स संघका अध्यक्ष कोइराला सहभागी हुने 


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ को उद्घाटन सत्रमा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजकाे आयोजनामा आगामी जेठ २७ गते हुने चौथो बैंकिङ्ग डिस्कोर्शको उद्घाटन सत्रमा अध्यक्ष कोइराला सहभागि हुने भएका हुन्।  

भोजपुरको भोजपुर नगरपालिकामा जन्मे हुर्केका कोइरालाले झापाको चन्द्रगढी–६ स्थित वीरेन्द्र माविबाट २०४५ सालमा एसएलसी उत्तीर्ण गरेका हुन्। सानैदेखि इन्जिनियरमा रुचि राख्ने गर्थे। तर, उनले इन्जिनियर बन्ने लक्ष्य भेट्टाउन नसकेपछि झापा नै फर्किएर मेची बहुमुखी क्याम्पसबाट बिकम पढे। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको प्राइभेटबाट एमबीए गरेका छन्। उनले बैंक अफ काठमाण्डुबाट बैंकिङ्ग करिअर सुरु गरेका हुन्। उनीसँग सानिमा बैंकमा १३ वर्ष काम गरेको अनुभव छ। 

त्यसपछि उनी माछापुच्छ्रे बैंक प्रवेश गरे। माछापुच्छ्रे बैंकमा कोइरालाले ११ वर्ष बिताइसकेका छन्। सिनियर म्यानेजरबाट माछापुच्छ्रे बैंक प्रवेश गरेका कोइराला एजीएम, डीजीएम हुँदै २ वर्ष डिसीईओ बनिसकेका छन्। त्यसपछि उनी माछापुच्छ्रे बैंकमा सीईओ बनेका हुन्। उनी हाल दोस्रो कार्यकालको सीईओमा छन्। उनले पहिलो कार्यकाल सफल सीईओको रुपमा पूरा गरिसकेका छन्। उनले यतिबेला नेपाल बैंकर्स संघको नेतृत्व समेत संगालिरहेका छन्।

बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुनेछ। डिस्कोर्शमा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्। 

डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ बेस एआई रहेको छ।

Skip This